जनकपुरधाम । गोपाल सेवा समिति जिल्ला कार्य समिति धनुषाको छैठौं अधिवेशन चैत्र १७ गते शनिबार सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मतले अंकेश्वर यादवको अध्यक्षमा नयाँ जिल्ला कार्य समिति चयन गरेको छ ।
यसैगरी कार्यसमितिको उपाध्यक्षमा उपेन्द्र यादव, सचिवमा राजकुमार यादव, सहसचिवमा मदन यादव र कोषाध्यक्षमा दिगम्बर यादव चयन भएका छन् ।
त्यसैगरी सहकोषाध्यक्षमा पवन देवी यादव, सदस्यहरुमा रिना यादव, रिपु गोहिबार यादव, रामकुमार यादव, शम्भु गोहिबार यादव र कपिल मुखिया यादव चयन भएका छन् ।