अप्पन जनकपुर
जनकपुरधाम । सहकारी संस्थाका कर्मचारीले बैङ्क जनकपुरबाट रकम झिकेर संस्थाको कार्यालय जाँदै गर्दा बाटोमा रुपैयाँ लुटिएको छ ।
शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले बैङ्कबाट झिकेर लागिरहेको ८० रुपैयाँ जनकपुरधाम उपमहानगरपालिका – १९ बेंगासिहपुरबाट लुटिएको धनुषा प्रहरी प्रवक्ता तथा डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनका एउटा मोटरसाइकलमा सवार रहेका तीन जनाले महतोलाई पेस्तोल देखाएर उनको साथ रहेको रुपैयाँ लुटेर फरार भएका छन् ।
सहकारी कर्मचारी महतोले बैङ्कबाट रुपैयाँ झिकेर फर्कने क्रममा जनकपुरको बेंगासिहपुरबाट रुपैयाँ लुटिएको खबर प्राप्त भएको डिएसपी अवाले भनेु यस विषयमा बुझ्न हामी घटना स्थल पुगी थप अनुसन्धान गरिएको छ ।