2024-12-27

Close

वीरगन्ज २९बैशाख

पर्साको ग्रामीण भेगका विभिन्न नाकाहरुबाट  ठुलो परिमाणमा व्यापक रुपमा तस्करी सुचारु भएको छ।पर्साको ग्रामीण भेगमा पर्ने महादेवपर्टी नाकाबाट स्थानीय प्रहरी प्रसाशनको मिलोमतोमा तस्करी शुरु भएको समाचार प्राप्त भएको हो।पर्साको  महादेव पर्टीको नाकाहरुबाट लत्ताकपडा, हाडयेवर, काजु, चामल, कुखुराको चल्ला, भारतीय डेरी मिल्कको चक्लेट र बटरको तस्करी हुँदै आएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले तस्करी बन्द गर्ने निर्देशन दिएपनि उनको निर्देशन विपरीत प्रहरी चौकी महादेव पर्टीका ईन्चार्जा प्रहरी सहायक निरीक्षक ललित कुमार  साहले तस्करहरु संग महिनवारी बुझि नुन देखि सुन सम्मको तस्करी लाईन दिएको नाम नछाप्रने सर्तामा एक स्थानियले बताएका छन।पर्सा प्रहरी प्रमुख ढुंगेलले तस्करी बन्द रहेको दाबी गर्दे हिडेपनि उनको मातहात रहेको प्रहरी चौकी महादेवपर्टीले तस्करहरु संग महिनवारी बुझी ठुलो मात्रामा  तस्करीको लाईन दिएपछि एसपी ढुंगेलको पर्साको जनता र प्रहरी विभाग माझ नराम्रो सन्देश गईरहको एक जनप्रतिनिधिले बताए।प्रहरी चौकी महादेवपर्टीका ईन्चार्जा सहायक निरीक्षक साहले सो नाकाबाट काम गर्ने तस्करहरु शीत एक महिना २पटक तस्करीको रकम बुझि तस्करीको लाई दिएको स्थानियबासिले बताए।पछिल्लो समय उता एसपी ढुंगेल पर्साको कमान्ड सम्हालेर आएको दिन देखि  बन्द रहेको तस्करी अहिले एक सप्ताह देखि उनको तल्लो दर्जाका सई देखि सिपाही सम्मको संरक्षणमा ग्रामीण भेगमा नाकाहरुमा  रहेका ईलाका प्रहरी र प्रहरी चौकीहरु मिलोमतोमा व्यापक रुपमा तस्करी फष्टयाएको स्पष्ट रुपले हामी संग रहेको केही भिडीयो क्लिप र फोटोले पुष्टि भएको हो।नेपाल प्रहरी जस्तो पबित्र संगठनमा छुटै पहिचान बनाउन सफल रहेका प्रहरी उपरीक्षक ढुंगेलले सिमा नाकामा हुने तस्करी रोक्न अडान लिएपनि पर्सामा यी नाकाहरुबाट भईरहेको तस्करी रोक्न कति खरो उत्रनु हुन्छ पार्साबासी देख्न बाकि नै रहेको छ।यस बिषयमा बुझनको लागि जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापालाई बुझन फोन सम्पर्क गर्दा उनको फोन  उठेन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर