विपिन यादव जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय खजुरीमा १५ महिनाको कार्यकाल सम्पन्न गरी प्रहरी इन्स्पेक्टर राजकुमार भट्टलाई विदाई गरिएको छ ।
करिब १५ महिना र्ईलाका प्रहरी कार्यालय खजुरीमा इन्चार्ज रहँदा इन्स्पेक्टर भट्टले सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा कडा भूमिका निर्वाह गरे । इन्स्पेक्टर भट्टले आफ्नो सफल कार्यकाल सफलता पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गरि आज लुम्बिनी प्रदेश प्रहरी कार्यालय कार्य शाखा तुल्सीपुर, दाङ जानुभएको छ ।
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको लागि थप प्रहरी खटाएर अवैद्य तस्करी नियन्त्रण गरेका इन्स्पेक्टर भट्टले आफ्नो कार्यकालमा विवादरहित बनाए । इन्स्पेक्टर भट्ट आफ्नो कार्यकालमा कुनै प्रकारको विवादमा मुछिएनन् । आफ्नो कार्यकाल सफलतापूर्वक विताएको र शान्ति सुरक्षा कायम राख्न ठूलो योगदान गरेको भन्दै प्रहरी इन्स्पेक्टर राजकुमार भट्टलाई स्थानीयले सम्मानका साथ विदाई गरेका छन् ।