श्याम गुप्ता
बारा, १६ जेठ
लाखाैं रूपैयाँ नक्कली नाेंटकाे काराेबारमा संलग्न एक जना भारतीय नागरिक सहिँत बाराबाट प्रहरीले चार जनालाई रंङ्गे हाँत पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराले बुधवार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै १३ लाख नेपाली नक्कली नोंट सहिँत पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको हाे ।
पक्राउ पर्नेहरूमा भारतकाे बिहार स्थित मोतिहारी थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम, बाराको कोल्हवी नगरपालिका -६ का २५ वर्षीय राजन चौधरी, वडा-५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका-१ का १९ वर्षीय मोहन कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, बाराले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हाे ।
बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई सोमवार पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताए ।
बाईट :- महेन्द्र खड्का, प्रहरी उपरिक्षक, जिल्ला प्रहरी कार्यालय, बारा …..
पक्राउ परेकाहरुको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोंट बरामद गरेको र ना.३४.प.३५१२ र बी.आर.०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एक वटा साइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कलैया बाट म्याद ठप्प गरेर अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक खड्काले बताए ।