2024-11-27

Close

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रु १० करोडको लागतमा निर्माण भइरहेको जमुनी सिँचाइ आयोजना अन्तर्गत मोरहा पक्की बाँधको निरीक्षण गरेका छन् ।

प्रदेश सरकारको लगानीमा समपुरक अनुदानअन्तर्गत धनुषाको हंसपुर नगरपालिका वडा नंं ४ र ९ मोरहामा निर्माणाधीन उक्त आयोजनाको सतर्कता केन्द्रको टोलीसहित मुख्यमन्त्री यादवले आज निरीक्षण गरेका हुन् ।

करिब रु २२ करोड ५३ लाख २३ हजारको कूल लागतमध्ये रु १० करोड ७४ लाख ५४ हजार आठ सय ६६ मा ठेक्का साकार भई निर्माणाधीन उक्त पक्की बाँधको काम समयमा पूरा नहुने देखेपछि मुख्यमन्त्री यादवले सो निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा मुख्यमन्त्री यादवले बाँध निर्माणको कार्यलाई तीव्रता दिन ठेक्केदार कम्पनीलाई निर्देशन दिएका छन् । एक हजार एक सय ६८ हेक्टर भूमि सिञ्चित हुने उक्त बाँधबाट १० गाउँका करिब एक हजार छ सय ५० परिवार लाभान्वित हुनेछन् ।

अनुगमनमा सङ्घीय सांसद अनिता साह, प्रदेश सांसद रामआशिष यादव, सतर्कता केन्द्रका सचिव रामआधार साहसहित लगायत सम्बन्धित मन्त्रालय एवं कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।

बाँधको निरीक्षणपछि मुख्यमन्त्री यादवले कृषिको विकासविना मधेसको विकास सम्भव नहुने भएकाले मधेस सरकार कृषिसम्बन्धी आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर