वीरगन्ज २६
जेष्ठ पर्सा प्रहरीले स्रोत नखुलेको रकम सहित हुण्डी कारोबारीमा संलग्न रहेको एक जनालाई पक्राउ गरेको छ।प्रहरीले भारत बिहार राज्य पुर्वीचम्पारण रक्सौल वडा नं. २० कुम्हरियाटोल बस्ने बर्ष २९ को बबलु राज रौनियारलाई हुण्डीमा सलंगन रहेको आरोपमा नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१५ बाईपास स्थित सडकखण्डमा बसपार्कबाट प्रतिमा चोकतर्फ संकाष्पद रुपमा पैदल हिडी जाँदै गरेको रौनियारलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा निजले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई छिपाई ल्याएको स्रोत नखुलेको ५ लाख ९० हजार रुपैया सहित पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।उनको अनुसार नेपाली रु.१००० दरको नोट थान ४१५ रु.४,१५,०००।– ( चार लाख पन्ध्र हजार ) , नेपाली रु.५०० दरको नोट थान ३४० रु.१,७०,०००।– ( एक लाख सत्तरी हजार ) , नेपाली रु.५० दरको नोट थान १०० रु. ५०,०००।– ( पचास हजार ) गरी जम्मा रु ५,९०,०००।– ( पाँच लाख नब्बे हजार ) सहित रौनियारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जानकारी दिए।