2024-12-26

Close

सिरहा । नेपाल भारत सीमा दुई देशको सम्बन्ध सुमधुर यथावत राख्न वैज्ञानिक तिरकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाल भारत खुल्ला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहाको जिल्ला समन्वय समितिको सभा हलमा आयोजना गरेको नेपाल भारत खुल्ला सीमा सुमधुर सम्बन्धको आधारशिला विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सीमा थप व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

संवाद समूहका केन्द्रय अध्यक्ष राजिव झाले खुल्ला सीमामा पछिल्लो समय चेकजाँचको नाममा सर्वसाधारणलाई दुबै देशका सुरक्षकर्मीबाट दुव्र्यबहार झेल्नु परेको बताए । उनले भारतीय सुरक्षाकर्मी एसएसबी र नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरीको यस्ता कार्यले सदियौंदेखिको धार्मिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धमा खलल पुगेको तर्क गरे ।
‘खुल्ला सीमाले हुने तस्करी, लागूऔषध ओसारपसार, अपराध प्रहरी प्रशासनले नै नियन्त्रण गर्न सक्छन् । तर त्यता तिर ध्यान दिँदैन । तस्करलाई रोक्न सक्दैन । तर त्यसको नाममा दुबै देशका आमसर्वसाधरणलाई अनावश्क दुःख दिने काम बढेको छ । यसले दुबै देशको सदियौंको सम्बन्धमा दरार पैदा भइरहेको छ’ उनले भने ।

दुबै देशका सरकारले सुरक्षा निकायमा जनतासित राम्रो व्यवबहार गर्न निर्देशन दिनुपर्ने उनले बताए । सीमामा अपराध तस्करी रोक्न तारजाली गर्नु समस्याको समाधान नरहेको भन्दै खुल्ला राखेर पनि वैज्ञानिक पद्धति अपनाएर व्यवस्थित गर्न सके दुबै देशको सम्बन्ध प्रगाढ भइराख्ने उनको तर्क छ ।

देशमा आर्थिक संकट भएको बेला १ हजार ७५१ किलोमिटर खुल्ला सीमामा तार जाली गर्नु उचित नहुने उनले बताए ।
भारत कम्युनिष्ट पार्टी मालेका नेता भुषण सिंहले खुल्ला सीमा व्यवस्थपनको लागि अभियान चलाउनु पर्नेमा जोड दिए । सीमा सुदृढिकरण नभए अपराध मौलाउँदै जाने र सुरक्षाकर्मीको व्यबहारले धार्मिक सांस्कृतिक र आर्थिक सम्बन्धमा थप तिक्तता बढ्ने उनको भनाइ थियो ।

सिरहाका प्रबुद्ध नागरिक समाजका अगुवा डा. रामप्रताप यादव सीमा सम्बन्धी कानुन नीति सुधार आवश्यक रहेको बताए । दुबै देशले राष्ट्रियता बचाएर तस्करी, अपराध न्यूनिकरण गर्दै सुमधुर सम्बन्ध अनुकुल बनाउनु पर्ने बिचार उनले व्यक्त गरे ।
प्रोफेसर चन्देश्वर प्रसाद यादवले अपराध न्युनिकरणको विषयमा बिचार गर्दै खुल्ला सीमा विषयमा मन्थन गर्नुपर्ने अवश्यक्ता रहेको बताए कार्यक्रममा बुद्धिजिवी, पत्रकार, विद्यार्थी, स्थानीय लगायतको सहभागी रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर