अप्पन जनकपुर
हैदरावाद । कुनै पनि पिताको लागि आफ्ना सन्तानको प्रगति र उन्नतिभन्दा ठूलो अरु के हुन सक्छ?? अझ भनिन्छ नि, हरेक पुरुष सबैलाई जित्न चाहान्छ शिवाय आफ्ना सन्तानलाई । सन्तान आफूभन्दा माथिल्लो ओहोदामा पुग्दा कुन पिता खुसी नहोलान्??
हैदरावादको एक हृदयस्पर्शी तस्विरले यतिबेला धेरैको ध्यान खिचेको छ । सार्वजनिक उक्त तस्विरमा बुवा र छोरी छन, जहाँ बुवाले छोरीलाई सलाम गर्दै गरेको देख्न सकिन्छ । तस्बिरमा देखिएका पुरुष एन वेंकटेश्वरल जो, प्रहरी उपरीक्षक (एसपी) हुन् ।
अनि तस्बिरमा देखिएकी महिला एन उमा हाराथी एन वेंकटेश्वरलकी छोरी हुन् । झट्ट हेर्दा तपाईलाई एउटा बुवाले छोरीलाई किन सलाम गर्दैछ भन्ने लाग्न सक्छ । यसको वास्तविक कथा यस्तो छ- सन् २०२२ मा भारतको केन्द्रीय लोकसेवा आयोगको सिभिल सेवा परीक्षामा एयर थ्री प्राप्त गरेकी उमा हाल आई.ए.एस अधिकारीको रूपमा तेलंगाना पुलिस एकेडेमी (टिजिपिए) मा प्रशिक्षण लिइरहेकी छिन् । भारतमा आइएस अफिसर भनेको प्रशासनिक सेवाको उच्च पदस्थ अधिकारी हो ।
प्रशिक्षणको लागी एकेडेमीमा प्रवेश गर्ने बेला उमालाई पुलिस बलमा विशिष्ट क्यारियर बनाएका उनका बुबा एन वेंकटेश्वरलले सलाम गरेर स्वागत गरेका हन् । एन वेंकटेश्वरलु एसपी सँगसँगै तेलंगाना पुलिस एकेडेमीका उप निर्देशक पनि हुन् ।
वेंकटेश्वरलुलेआफ्नी छोरीलाई सम्मान गर्न वर्दीमै उभिएर सलाम गरेका हुन । आफ्नी छोरीलाई गौरवान्वित बुबाको सलाम एकेडेमीमा धेरैले देखेका थिए । उक्त माहोलको सबैले प्रशंसा गरेका थिए । गर्व र भावनाले भरिएको त्यो क्षण सबैको नजरमा पुग्न धेरै समय लागेन ।