वीरगन्ज ७ आषाढ
सशस्त्र प्रहरी नेपाल पर्साले भन्सार छलिका विभिन्न किसिमको सामानहरु पक्राउ गरेको हो।सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जले भारतबाट अवैधरुपले भित्राएको १० लाख रुपैया बराबरको सामानहरु बरामद गरेको छ।वीरगन्ज वडा नम्बर १६ भन्सार मेन गेट स्थितको ईलाकाहरुमा सशस्त्र प्रहरी बल वीरगन्जबाट खटिएको प्रहरीको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको रुपैया १०लाख२०हजार४६०रुपैया बराबरको किराना सामान, कस्मेटिक, कपडा, मोटरपाट्स, हार्डवयर, तथा नर्मल औषधि बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले बताए।त्यसैगरि सशस्त्र प्रहरी बल वीरगन्ज भन्सार मेनगेट स्थित चेकप्वाईन्टमा खटिएको टोलीले भारतको रक्सौलबाट ना ६५ प६५३१ नम्बरको मोटरसाइकलमा सवार रहेको व्यक्तिलाई रोकी चेकजाँच गर्दा स्रोत नखुलेको भारु १ लाख ९९ हजार रुपैया पक्राउ गरेको छ।पक्राउ पर्नेमा जि.पुर्वि चम्पारण नायक ग्राम पन्चायत वडा न.-६ नायकटोला बस्ने अनुरुद महतोलाई रुपैयाँ मोटरसाइकल सहित वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।