2024-11-25

Close

जनकपुरधाम । मधेश प्रदेश सभामा विधेयकमाथि चलफल चलिरहँदा सांसदहरू मोबाइलमा व्यस्त रहेपछि सभामुखले रुलिङ नै गर्नुपरेको छ ।

आज प्रदेश सभामा स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल जारी छ । छलफल चलिरहँदा उपस्थितमध्ये अधिकांश सांसद मोबाइलमा व्यस्त देखिए । जबकी प्रदेश सभामा मोबाइल निषेध छ ।

कानून कस्तो बनाउने जस्तो गम्भीर विषयमा छलफल चल्दा पनि धेरै सांसदले मतलब नराखेको टिप्पणी बढ्ने गरकेो छ । सांसदहरू कोही मोबाइल गेम (क्यान्डीक्रस) मा व्यस्त हुन्छन्, कोही सोसल मिडिया हेरेर समय काट्छन् ।

कानून बनाउने सांसदहरु नै सदनको मर्यादा उल्लंघन गर्दा सभामुख रामचन्द्र मण्डलले रुलिङ नै गरे । उनले भने, ‘मोबाइल कि त स्वीच अफ गर्नुपर्‍यो कि त साइलेन्ट गर्नुपर्‍यो । मोवाइल चलाएर गेम खेल्ने काम कृपया नगर्नुहोला ।’

सभामुख मण्डलले रुलिङ नगर्नुपर्ने विषय भएपनि गर्नुपरेकोले सिरियसली लिन सांसदहरुसंग निर्देशन दिए । उनले मोबाइल बैठकमा नचलाउन यसअघि पनि पटक पटक रुलिङ गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर