2024-11-25

Close

विनय आजाद
सिरहा । सिरहा जिल्ला अदालतका एक कर्मचारीले एक सेवाग्राहीसँग १५ हजार घुस लिएको भिडियो प्रमाण कान्तिपुरले बटुलेको छ । अदालतमा कार्यरत नायव सुब्बा भुवनेश्वर महतोले सोमबार एक सेवाग्राहीसँग १५ हजार घुस लिएका हुन् ।

ज्यान मार्ने उद्योग मुद्दामा ७ महिनादेखि अदालत धाइरहेका एक जना सेवाग्राहीसँग नायब सुब्बा महतोले घुस मागेका हुन् । मुद्दामा जोडिएका प्रतिवादी आमा र भाइ अदालतमा हाजिर नभएका कारण उनीहरुको सम्पत्ति रोक्का हुने भएपछि नायब सुब्बाले २५ हजार दिए आफूले सम्पत्ति रोक्का गर्नका लागि मालपोतमा पत्र नलेख्ने र नदिए पत्र लेखेर रोक्का गरिदिने भन्दै बार्गेनिङ गरेका थिए ।

घुस नबुझाई काम नहुने भएपछि पीडित सेवाग्राही कान्तिपुरको सर्म्पकमा आएका थिए । उनले भने, ‘कर्मचारीले तारेखमाथि तारेख थमाएर मलाई हैरानै पारे, खासमा उनीहरुको नियत नै दुःख दिएर पैसा असुल्ने रहेछ ।’

२५ हजार घुसमा बार्गेनिङ गरेका कर्मचारी पछि १५ हजारमा ‘काम’ गरिदिन तयार भए । त्यसपछि सोमबार सेवाग्राही १५ हजार बोकेर कार्यालय पुगे । कर्मचारीले सेवाग्राहीलाई एउटा कागज दिए अनि त्यसै कागजमा पैसा बेरेर ल्याउन अह्राए । सेवाग्राही शौचालयमा गए । पैसा कागजमा बेरे र कर्मचारीको हातमा थमाए । कर्मचारीले उक्त पैसा आफ्नै टेबुलको घर्रामा राखेर अरु काम गर्न थाले । कान्तिपुरसँग रहेको यही बेलाको भिडियोमा कर्मचारीले भनेका छन्, ‘मंगलबारसम्म १५ देखि २० हजार लिएर आउनुस्, रोक्का हुँदैन, हामी मिलाउँछौं ।’

अदालतका कर्मचारीले सेवाग्राहीसँग घुस बुझेको विषयमा अदालतका श्रेस्तेदार राजकुमार आचार्यले प्रमाण भए कारबाही गर्ने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर