काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको लागि दाबी पेश गरेर कांग्रेस र एमालेका नेताहरु शीतल निवासबाट बाहिरिएका छन् ।
कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीले दुई दलको समर्थनसहितको दाबी पेश गरेका छन् । राष्ट्रपतिले आवश्यक प्रक्रिया पूरा गरेर आजै रातिसम्म ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।