2024-11-25

Close

जनकपुरधाम । महोत्तरी प्रहरीले एक पेसेवर डकैतलाई गोली हानेर समात्न सफल भएको छ । भारतीय सीमासँग जोडिएको तथा महोत्तरी र सर्लाहीको सीमामा पर्ने खैरनी भन्ने ठाउँबाट डकैत विजेन्द्र पासवान पक्राउ परेका हुन् ।

लुकीछिपी बसेको अवस्थामा पक्राउ गर्न प्रहरी जाँदा उनी भाग्न खोजेका थिए । सो क्रममा प्रहरीले एक राउण्ड गोली चलाएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका २ घर भएका पासवानको बायाँ खुट्टाको घुँडामुनी गोली लागेको छ । अहिले उनको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवालले आइतबार राति करिब ११ बजे पासवानलाई पक्राउ गरेको जानकारी दिए । उनले भने, ‘भाग्न खोज्दा गोली चलाउनुपर्‍यो । पासवानको उपचार जलेश्वर प्रादेशिक अस्पतालमा भइरुहेको छ । उनी खतरामुक्त छन् ।’

पासवानले बाराको २, महोत्तरीको २, सिरहा, सर्लाही र सिन्धुलीको १/१ स्थानमा डकैती गरेको डिएसपी जयसवालले जानकारी दिए । उनका अनुसार पासवान भारतको विभिन्न स्थानमा समेत डकैती गरेको अनुसन्धानबाट खुलेको छ ।

‘डकैती सम्बन्धी मुद्दा पासवानमाथि पहिलेदेखि दर्ता छ,’ उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौँ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर