2024-11-25

Close

जनकपुरधाम । प्रत्येक वर्ष झैँ यस वर्ष पनि साउने सङ्क्रान्तिमा धनुषाको कपिलेश्वरनाथ महादेव मन्दिरमा मेलाको आयोजना हुने भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा अवस्थित प्राचिनकालीन कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो साताको सोमबारदेखि साउने मेला हुन लागेको हो ।

कपिलेश्वरनाथ युवा कमिटीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त मेलाबारे जानकारी दिएको हो । साउने सङ् क्रान्तिको अवसरमा शनिबार बिहान ८ बजे कलश यात्राको आयोजना समेत गरिएको आयोजक कमिटीका अध्यक्ष मनोजकुमार साहले जानकारी दिए । उक्त कार्यक्रममा जनकपुरधाम वडा नम्बर १६ का अध्यक्ष रामचन्द्र पजियारले आयोजना हुन लागेको साउन मेलालाई व्यवस्थित बनाउन नेपाल प्रहरी तथा ट्राफिक प्रहरीसँग समेत समन्वय गर्ने बताए ।

यस्तै कमिटीका सल्लाहकार समेत रहेका श्रीनारायण साहले मन्दिरको इतिहास र महत्वबारे जानकारी दिदै बर्सेनि लाग्दै आएको साउने मेला नेपाल तथा भारतका लाखौँ भक्तजन आउने गरेको बताए । आयोजना हुने मेलाको कलश यात्राका लागि जनकपुरधामको गंगासागरबाट जल ल्याइने छ भने साउन महिनाभर मन्दिरमा प्रत्येक सोमबार साँझ ७ बजे सन्ध्या आरतीको आयोजना गरिने छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर