पोखरा । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका-११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारतको बिहार सितामणी डुमरा थाना सुरसड पक्ष्मी-१ सुरसड गाउँ घर भइ कास्की पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन् ।
उनीहरूले असार १७ गते बिहान तनहुँ म्याग्दे गाउँपालिका-४ थर्पुबाट नाबालिकालाई ललाई फकाई ग ८ प ४२८० नम्बरको मोटरसाइकलमा राखी कास्की पोखरा महानगरपालिका-११ रानीपौवा स्थित उनीहरूको कोठामा बन्धक बनाई सामुहिक रूपमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
दुबै जनालाई पोखरा महानगरपालिका-३० पावरहाउसबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर कास्की जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा ८ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।