अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको शहिदगनर नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीहरु मिलेर कार्यालय सहयोगीको नाममा १२ लाख रुपैयाँ अधिक रकम खाएको महालेखाको प्रतिवेदनले देखाएको छ ।
शहिदनगर नगरपालिकामा ९ जना कार्यालय सहयोगी भर्ना गरी तलब बाँडेको भएपनि कर्मचारी नै भर्ना नगरी उनीहरुको नाममा १२ लाख भन्दा बढी रकम खाईदिएको उल्लेख गरिएको छ ।
महालेखाको प्रतिवेदन अनुसार गत आर्थिक बर्ष २०७९/०८० मा कर्मचारी भर्नाको नाममा १२ लाख बढी रकम भुक्तानी गरिएको देखिएको छ । ९ जना कार्यालय सहयोगी र एक जना प्राविधिक सहायकको नाममा १२ लाख ३५ हजार ३५० रुपैयाँ निकासा गरी खाईदिएको उल्लेख गरिएको छ । ती कर्मचारीहरु कहाँ कार्यरत छन भनेर अझै अज्ञात रहेको उल्लेख गरिएको छ ।
महालेखाको प्रतिवेदन अनुसार ९ जना कार्यालय सहयोगी र एक जना प्राविधिक सहायक नगरपालिकाको कुन ठाउँमा कार्यरत छन भनेर कुनै उल्लेख नै नगरी सीधा तलब निकास गरी भुक्तानी गरिएको हो । कर्मचारी भर्ना र तलबभत्ता दिएको प्रमाण नै पेश नगरी सो रकम निकासा गरी बाँडी खाएको हो ।