2024-11-24

Close

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ।  कोशीका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले निवर्तमान मुख्यमन्त्री कार्कीले भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै शान्ति सुरक्षाको माग गर्दै प्रशासन कार्यालयमा मंगलबार उजुरी दिएका हुन्।

कार्कीले आफूलाई भौतिक आक्रमण गर्ने, ट्वाइलेटमा थुन्ने र जस्तोसुकै आक्रमण गर्ने धम्की दिएपछि आफूले शान्ति सुरक्षाको माग गर्दै कार्यालयमा उजुरी दिएको सचिव भट्टराईले बताए। कार्कीको धम्कीपछि मन्त्रालयमा काम गर्ने वातावरण नभएको र आफू असुरक्षित भएकाले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएको उनले बताए।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सचिव भट्टराईको उजुरीमाथि छानबिन भइरहेको बताए। उनले सचिवलाई काम गर्ने वातावरण सिर्जना गर्ने बताए।

त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध पनि सार्वजनिक सम्पत्ति तोडफोड गरेको अभियोगमा उजुरी दर्ता भएको छ।

धरान १३ को खहरे खोलामा कोशी प्रदेश सरकारको २० लाख लागतमा निर्माण गरिएको ग्याबिन तार भत्काएपछि उनीविरुद्ध कार्यालयमा उजुरी दर्ता भएको हो। उजुरी दर्ता हुँदासमेत कारबाही नभएको भन्दै धरान १३ का वडाध्यक्ष नेत्र काफ्लेले आपत्ति जनाएका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर