2024-11-24

Close

जनकपुरधाम । गैर आवासीय मधेश संघ साउदी च्याप्टरले धनुषाका एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ ।

धनुषा जिल्लाको मुखियापट्टि मुसरनीया गाउँपालिका वडा नम्बर ५ बैरिया बस्ने स्थानीय सुकन मुखियाको परिवारलाई आर्थिक सहायता आवश्यक रहेको बेला गैर आवासीय मधेशी संघले ३९ हजार रुपैयाँ सहयोग पठाएको हो ।

मुखिया परिवारमा पाँच जना बालबच्चा र वृद्धवृद्धा समेत रहेकोमा दैनिक जीवनयापनमा कठिनाई भएको बेला गैर आवासीय मधेशी संघका साउदी अरब सचिव तथा कमला नगरपालिका वडा नं. ३ बस्ने गोपाल मण्डलको पहलमा ३९ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

साउदीको अरबियन फाँल कम्पनीमा कार्यरत नेपाली कामदारहरुले एक एक पैसा जम्मा गरेर मुखिया परिवारलाई सहयोग गरेको हो । उनीहरुले पठाएको सहयोग मुखिया परिवारलाई मँगलबार हस्तान्तरण गरिएको हो ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सँस्थापक अध्यक्ष रहेका गैर आवासीय मधेशी संघले निरन्तर मधेशी समुदायलाई परेको बेला सहयोग गर्दै आएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर