वीरगन्ज १२ श्रावण
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको वडा प्रहरी कार्यालय श्रिपुरमा विगत ८ बर्षदेखि मुद्धा शाखा हुदै उजुरी शाखामा कार्यरत रहेका प्रहरी सहायक हवल्दार शेष समिम प्रबेज अड्डा जमाएर बसेका छन् । बढीमा एक बर्षमा सरुवा हुने नेपाल प्रहरी सँगठनको प्रावधान विपरित विगत ८ बर्षदेखि एकै ठाउँमा अड्डा जमाएर बसेका छन् । वडा प्रहरी कार्यालय श्रिपुरमा अझै उजुरी शाखामा कार्यरत रहेका प्रबेजले पंञ्चाती र झै- झगडा मिलाउनको लागि पनि पिडितहरु सँग रकम असुल्ने गरेको खुलेको छ।नेपाल प्रहरीको हेडक्वाटर समेत पक्कड बनाएका प्रबेज उच्च तहको पावर लगाएर विगत ८ बर्षदेखि एकै ठाउँमा बस्दै आएका छन् ।२०७९ साल मा वडा प्रहरी कार्यालय श्रिपुरको मुद्दा शाखामा कार्यरत रहेको बेला प्रबेजले होटल व्यवसायी संग ५० हजार रकम असुली गरेको आरोप लागे पछि तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख एवम प्रहरी उपरीक्षक रमेश बस्नेतले उनलाई ६ महिनाको लागि निलम्बन गरेका थिए।
निलम्बन फुकावा भएलग्तै उनी प्रहरी चौकी उडारमा हाजिर भई ६ महिनामा सोर्स फोर्स लगाई दोस्रो पटक वडा प्रहरी कार्यालय श्रिपुरमा आउन सफल भए।वडा प्रहरी कार्यालय श्रिपुरको उजुरीमा कार्यरत रहेको प्रबेजको दरबन्दी जिल्ला प्रहरी कार्यालय रामेछापमा दरबन्दी भएपनि विगत ८ बर्षदेखी पर्सामा बस्दै आएका छन्। नेपाल प्रहरीका आइजिपी वसन्त कुवर तत्कालीन मधेश प्रदेश प्रमुख हुदा देखि नै दरबन्दी भएको ठाऊमा सानो दर्जा देखि ठुलो दर्जाको प्रहरीहरुले दरबन्दी भएको फिर्त जान निर्देशन दिदै आएपनि उनको निर्देशन विपरीत ठुला अफसरहरुको आशिर्वादले विगत ८बर्षदेखि बस्दै आएका छन्।वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी निरीक्षक धर्मराज थिंङ्गलाई जानकारी नगराई यस्ता गतिबिधि गर्दै आएका छन।यस्ता गतिविधि तर्फ जिल्ला प्रहरी कार्यालय प्रमुख, मधेश प्रदेश प्रमुख एवम नेपाल प्रहरीका हेडक्वाटरले ध्यान जान यति आवशयक देखिएको छ।यश बिषयमा बुझनको लागि जिल्ला प्रहरी कार्यालयका प्रबक्तालाई फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन।