जनकपुरधाम । राजर्षि जनक विश्व विद्यालय अन्तर्गत आउँदो साउन १७ गते हुना लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) को तर्फबाट प्रवेश यादवले उम्मेदवारी दिएका छन् । यादवले स्वीयूको निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
शनिबार भएको मनोयन दर्ताको क्रममा प्रवेश यादवले सभापतिको पदको लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यादवसँगै सचिवको लागि सुभाष यादव र कोषाध्यक्षको लागि बर्षा कुमारी साहले उम्मेदवारी दर्ता गराएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनकपुरको राराब कलेजमा भएको स्वीयू निर्वाचनमा सचिव पद पडकाएको लोकतान्त्रिक विद्यार्थी संघले राजर्षिमा समेत जीत हाँसिल गर्ने दृढता सुनाएको हो ।
यस्तै, प्रत्यक्ष सदस्यतर्फबाट सुबोध कुमार गुप्ता, पूजा यादव, शंकर सुमन राय, प्रिति कुमारी कुर्मी, रामकुमार महासेठ र रँजना पासवानले उम्मेदवारी दर्ता गराएको हो ।
समानुपाति तर्फ शिवम कर्ण, सुरेन्द्र दास, अमन कुमार साह तेली, आरती साह, यससोनी कुमार झा र शिवम कुमारीले मनोयन दर्ता गराएको हो । आगामी साउन १७ गते हुने चुनावको लागि उनीहरुले मनोयन दर्ता गराएको हो ।