2024-11-22

Close

जनकपुरधाम । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विद्यार्थी जनमत संघबाट उम्मेदवारी दिएका सभापतिका उम्मेदवार शशिकान्त मण्डलले कलेजको बेतिथि हटाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

यही साउन १७ गते विहिबार हुन गईरहेको राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा विश्वविद्यालय मातहतका कलेजको बेतिथि सुधारको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।

उम्मेदवारहरुको भिजनको सन्दर्भमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघबाट उनले राजर्षि जनक विश्वविद्यालयको स्वीयू निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दिएका हुन् ।

कानुन विषयका विद्यार्थी समेत रहेका मण्डलले सो विश्वविद्यालय अन्तर्गतका कलेजमा देखिएको विभिन्न सेक्टरको बेतिथिलाई सुधारको लागि कुशल नेतृत्वको आवश्यकता औल्याउँदै आफूलाई जिम्मेवारी दिए बेतिथि चाँडै हटाउने प्रतिवद्धता जाहेर गरे ।

उनले मधेश प्रदेशमा जनमतको सरकार रहेको र पहिलेभन्दा अहिलेको सरकारको नीति, कार्यक्रम, योजनाहरु अन्यभन्दा फरक र जनमुखी रहेको बताउँदै कलेजको स्वीयू निर्वाचनमा पनि आफूहरुको नेतृत्व आए सोही अनुसार कार्य सँचालन हुने बताए । उनले आफ्नो प्यानलको लागि भोँट माग्दै कलेजको विद्यार्थीहरुको समस्या समाधानको लागि नेतृत्वको जिम्मेवारी दिन आग्रह गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर