2024-11-24

Close

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको पहिलो ऐतिहासिक निर्वाचनमा ६ विद्यार्थी संगठनहरु छुट्टाछुटै प्रतिस्पर्धामा छन् ।

साउन १७ गते बिहीबार हुनलागेको सो निर्वाचनमा सभापति पदका प्रतिस्पर्धीमध्येका एक हुन्, शशिकान्त मण्डल । विद्यार्थी जनमत संघबाट स्ववियू सभापति पदका उम्मेदवार मण्डल विश्वविद्यालयको स्थापनाकाल देखिनै आवद्ध छन् ।

कूल ४७५ विद्यार्थी मतदाता रहेको यस विश्वविद्यालयमा ६ विद्यार्थी संगठनहरु छुट्टाछुटै प्रतिस्पर्धामा देखिएका छन् ।विश्वविद्यालयको स्थापनाकाल देखिनै विभिन्न सुधारात्मक काममा लागेका मण्डल सुरुदेखिनै अब्बल रुपमा प्रस्तुत हुँदै आइरहेका छन् ।

विश्वविद्यालयमा अन्य संगठन भन्दा विद्यार्थी जनमत संघको बलियो उपस्थिति रहेकाले आफ्नो जीत सुनिश्चित रहेको मण्डलको दावी छ ।

मतदानमा नेविसंघबाट त्रिलोक यादव, लोकतान्त्रिक विद्यार्थी संघबाट प्रवेश यादव, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट रविकुमार साह, संयुक्त विद्यार्थी प्यानलबाट श्याम साह र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट प्रवास कौशिक (धिताल) नेतृत्वको प्यानल प्रतिस्पर्धामा छन् ।

के–के गरे शशिकान्तले??

राजर्षि जनक विश्वविद्यालयमा स्थापनाकालदेखि आवद्ध शशिकान्त विश्वविद्यालयको शैक्षिक सुधारका लागि निरन्तर रूपले अगाडि बढदै आइरहेका छन् । उनले विश्वविद्यालयको सुधारको सवालमा आफ्नो बुलन्द आवाज उठाउँदा दुईपटक जेलसमेत गए ।

विश्वविद्यालयम उपकुलपति नरहेका बेला विद्यार्थीको शैक्षिक अवस्था धारासायी बनेको थियो । सोही अवस्थालाई दृष्टिगत गर्दै शशिकान्त काठमाडौं गई विश्वविद्यालयको शैक्षिक सुधारका लागि संघिय शिक्षामन्त्रीसँग वार्तालाप गरी समस्याको समाधान गरेका थिए ।

राजर्षि जनक विश्वविद्यालयको शैक्षिक सुधारको सवालमा शशिकान्तको नेतृत्वमा प्रदेशका सम्बन्धित निकाय तथा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडादर कम गराउन सफल भए ।

कोरोनाकालमा विश्वविद्यालयमा विद्यार्थीको भौतिक उपस्थितीमा कक्षा सञ्चालनका लागि शशिकान्तले एक्लै आफ्नो पूर्णक्षमताको प्रयोग गरी अगाडि बढेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर