अप्पन जनकपुर
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित समारोहमा मुख्यमन्त्री सतिश कुमार सिंहले मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबारै थप ५ राज्यमन्त्री नियुक्त गरेका थिए ।
एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुाारी रजक नियुक्त भएका थिए ।
यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह नियुक्त भएका थिए ।
यो संगै मधेश सरकारको मन्त्रिपरिषद अहिलेसम्मकै ठूलो आकारको अर्थात २० सदस्यीय बनेको छ ।
मधेशमा १२ मन्त्रालय छ । जनमतले मुख्यमन्त्री बाहेक २, कांग्रेस र एमालेले ४-४ र लोसपाले एक मन्त्रालय सम्हालेको छ । यसअघि नै एमालेका २ र जनमतका एक राज्यमन्त्री नियुक्त भइसकेका थिए ।