अप्पन जनकपुर
जनकपुरधाम । सशस्त्र प्रहरी बल धनुषाले ११ किलो १२.५ ग्राम अवैध चाँदी बरामद गरेको छ ।
अवैध रुपमा विभिन्न ठाउँ लैजाँदै गरेको चाँदीसहित एक व्यक्ति पक्राउ गरेको छ ।
भारतबाट अवैध रुपमा चाँदी ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल बिओपि धनौजीबाट सशस्त्र प्रहरी निरीक्षक कबिर मल्लको कमान्डको गस्ती टोलीले भारत मधुबनी जिल्ला हरियाना बस्ने ४० वर्षीय सुरेन्द्र मण्डललाई बुधबार पक्राउ गरेको छ ।
उनलाई गस्ती टोलीले विदेह नगरपालिका वडा नम्बर ९ ईटहवाबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हे.क्वा धनुषाको प्रमुख प्रहरी उपरीक्षक दर्शन गिरिले जानकारी दिए ।
अवैध रुपमा ल्याइएको ११ केजी १२.५ ग्राम चाँदी १६ लाख २३ हजार ९ सय २८ मूल्य बराबरको रहेको एसपी गिरिले बताए ।
सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका मण्डल, अवैध चाँदीसहित जनकपुर भन्सार कार्यालयमा बुझाएको एसपी गिरिले बताए ।