जनकपुरधाम । धनुषाको कमला नगरपालिकालाई कार्यक्षेत्र बनाएर राजनीति गर्दै आएका नेपाली काँग्रेसका राम नरेश मण्डलले पार्टी त्यागेका छन् ।
नेपाली काँग्रेसमा उनले लामो समयदेखि नै लगानी गरेकोमा उनले आफू पार्टीप्रतिको लगानीको प्रतिफल पाईसकेको भन्दै क्रियाशिल सदस्यता नविकरण नगर्ने निवेदन दिएका छन् ।
केन्द्रीय कार्य समिति, जिल्ला कार्यसमिति, नगर कार्यसमिति, क्षेत्रीय कार्य समितिलाई बोधार्थ गरी नेता मण्डलले नेपाली काँग्रेसको क्रियाशिल सदस्य रहँदै आएकोमा उनले अव नविकरण नगर्ने जनाएको हो ।
पूर्व क्षेत्रीय सभापति समेत रहेका नेता मण्डलले एक निवेदन लेख्दै नेपाली काँग्रेसको क्रियाशिल सदस्यतालाई नविकरण नगर्ने बताएका हुन् ।