2024-11-23

Close

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा वडा अध्यक्षहरु द्धारा ताला बन्दी गरीएको छ । लक्ष्मीनियाँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा याम बहादुर उपरकोटी थियोे तर केहि दिन पहिला सरुवा लिएर भागिएको जनप्रतिनिधिहरुले जानकारी पाए । गाउँ सभाको समयमा बिबाद समेत भएको थियो उहाको सरुवा भादौ मै भएको जानकारी दिए ।
तेसै क्रममा भादो १३ गते नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सर्वजित कुमार झा हाजिर भए । हाजिर भए लग्तै गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले जिन्सी शाखाका कर्मचारी जय नरायण यादवलाई फोनको माध्यमले आदेश दिएर हाकिम बसने कोठामा भादौ १४ गते बिहानै देखि तल्चा लगाएको भन्दै प्रमुख प्रशासकीय अधिकृत झाले जानकारी दिए ।
लक्ष्मीनियाँ गाँउपालिका अध्यक्ष भोगेन्द्र मिश्र र जिन्सी शाखाका कर्मचारी जय नरायण यादवले प्रमुख प्रशासकीय अधिकृत रुमको ताल्चा लगाएको भन्दै धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकामा सोमबार जनप्रतिनिधिहरु मिलेर तालाबन्दी गरिएको छ । सो गाउँपालिकाको मेन गेटमा जनप्रतिनिधिहरूले नै तालाबन्दी गरेका हुन् ।
सोमबार सो गाउँपालिकाका छौ वटै वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूसहित ३०–४० जनाको समूहले गाउँपालिकाको मेनै ढोकामा तालाबन्दी गरेको जनाइएको छ । यसैगरी दुई महिना बिति सक्दा पनि गाउँसभा माथि कुनै चासो नलिएको भदै छौ वटै वडाका जनप्रतिनिधि आक्रोसित बनेको छ । यसै क्रममा वडा नम्बर एकका वडा अध्यक्ष दिलिप यादवले भन्छन हामिले पटक पटक भन्छौ कम्तिमा गाउँ सभा समयमै गरनुपर्छ तर हाकिमको बदमासीको कारण यहाँ जनता मर्कामा हुन्छन ।
वडा नम्बर २ का वडा अध्यक्षले भन्छन यो पालिकाको अबस्था दैनिय हो लाज लग्छ यस्ता गाउँपालिकाको अध्यक्षलाई देखेर काम केहि गरदिन भ्रष्टचारमै लिप्त हो मिश्र । यस गाउँपालिकामा केहि कर्मचारी र पालिका अध्यक्षको कारण पुरा गाउँपालिका नै थप परेको छ । आम जनतालाई काम गराउन पनि धेरै नै कथिनाई हो ।
लक्ष्मीनिया गाउँपालिकाको अबसथा दैनिय हुन जनताले सोचेको काम अहिले सम्म भएको छैन । जनताले भन्छन हामिले गाउँपालिका अध्यक्षलाई निर्बाचित गराए किन कि हाम्रो अपेक्षा अनुसारको काम होस् तर अहिले सम्म केहि भएको छैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर