2024-11-23

Close

जनकपुरधाम  । जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा महासचिव पदको लागि सुधिर पंजियार बलियो उम्मेदवारको रुपमा खडा भएका छन् ।जनकपुरधामको बजारमा कमजोर बन्दै गएको व्यापार र व्यवसायीक चहलपहललाई पुर्नजीवन दिने उनले बताए ।

जनकपुरधामको पुरानो आकर्षणलाई पुनः त्यही अवस्थामा ल्याउन नयाँ व्यवसायीक योजना, नीतिको आवश्यकता परेको पंजियारको बुझाई छ । परम्परागत व्यापार व्यवसायमा आधुनिकता भरेर जनकपुरधामलाई ब्यापारिक पर्यटकीय शहरको रुपमा विकास गर्ने उनको योजना छ । महासचिवका उम्मेदवार पंजियारले उद्योगी, व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीलाई समाधान गर्न नेतृत्वदायी भूमिका निभाउने बताएका छन् ।

जनकपुरधामका उद्योगी व्यापारीहरू पंजियारको उम्मेदवारीलाई स्वागत गर्दै, उनको नेतृत्वमा व्यवसायीक विकासको अपेक्षा गरेका छन् ।

महासचिवकै लागि गणेश साह, अशोक चौधरी, फुल्देव पंडित र सुधिर पंजियारले समेत उम्मेदवारी दिएका छन् । आगामी भदौ २९ गते जनकपुरधाम उद्योग वाणिज्य संघको चुनाव हुने भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर