2024-11-23

Close

जनकपुरधाम । यही भदौ २९ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा सुधिर पंजियारले महासचिव पदमा उम्मेदवारी दर्ता गराएसँगै चर्चामा रहेका छन् ।

माँ वैषणबी आयल स्टोरर्स पेट्रोल पम्पका सञ्चालक पंजियारले संघको निर्वाचनमा महासचिव पदका लागि उम्मेदवारी दर्ता गराएर मैदानमा उत्रेका हुन् ।

विभिन्न राजनीतिक खिचातानिले निम्त्याएको असहज परिस्थितिमा हुन लागेको संघको निर्वाचन र निर्वाचनबाट आउने आगामी नेतृत्वको काँधमा यस क्षेत्रको अर्थतन्त्र र समग्र आर्थिक क्रियाकलापलाई सामान्य र नियमित बनाउने महत्वपुर्ण जिम्मेवारी आउने उम्मेदवार पंजियार बताउँछन् ।

सुस्ताएको अर्थतन्त्रलाई सामान्य बनाउँदै मुलधारमा फर्काउनु आगामी नेतृत्वको प्रमुख कार्यभार भएको र त्यसका लागि स्थानीय तथा प्रदेश सरकारसँग समेत सहकार्य र सरकारलाई आवश्यक दबाव दिन निजी क्षेत्र तयार हुनुपर्ने पंजियारले बताए ।

यही भदौ २९ गते जनकपुरधाममा संघको आगामी नेतृत्वका लागी निर्वाचन हुँदैछ । निर्वाचनको समय नजिँकिदै जाँदा सबै उम्मेदवारहरुले आफू र आफ्नो प्यानलको प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर