अप्पन जनकपुर
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले रामचन्द्र झालाई खुल्ला लडने हैसियत नभएको बताएका छन् ।
कमला नगरपालिकामा सोझासाझा जनताहरुलाई भ्रममा पारेर प्रलोभन दिँदै नेकपा एकिकृत समाजवादी पार्टीमा पार्टी प्रवेश गराउन थालेकोप्रति टिप्पणी गर्दै अध्यक्ष यादवले रामचन्द्र झालाई जुनियरसँग बस्ने समेत हैसियत गुमाएको बताए ।
जनता समाजवादी पार्टीका केही नेता कार्यकर्ताहरु पदीय लोभ लालचमा पार्टी परित्याग गरेको बताउँदै अध्यक्ष यादवले रामचन्द्र झाको राजनीतिक घटनाक्रममा कसैलाई पनि नछाडेको इतिहास सुनाए । उनले रामचन्द्र झाको पछाडी लागेका सबैलाई बर्बाद पारेको सुनाउँदै झाले आफू बाहेक अन्य कसैलाई बर्चश्व हुन दिन नचाहेको समय साक्षी रहेको बताए ।
कमला नगरपालिका निर्माणको कुरा चल्दा रामचन्द्र झाको शून्य संलग्नता दर्साउँदै अध्यक्ष यादवले जसपाका केही कार्यकर्ताहरुलाई आफूतिर तानेर कुनै तीन नमारेको उनले बताए ।
उनले भने, –“रामचन्द्र झा जहिले पनि स्वार्थको राजनीतिक गर्दै आएको छ । समय यसको साक्षी छ । छोरा छोरा भनेर कुलदेव मोरबैतालाई तह लगाईदियो, जिन्दगी भर पछाडी हिँडेका हरिशचन्द्र ठाकुरका कहिल्यै अवसर दिन चाहेनन् जसले उसको लागि प्राण त्यागे । अन्य दिग्गज नेताहरुलाई तह लगाएर आफू मात्र अगाडी रहने उनको मानसिकताले उनलाई खाईदिएको अवस्था छ । त्यहाँका केही नागरिकहरु अझै अशिक्षित छ, उनीहरुलाई भ्रममा पारेर पार्टी प्रवेश गराउनाले जसपा कमजोर हुनेबाला छैन् । जसपा हिजो पनि बलियो थियो, आज पनि बलियो छ । दुई चार जना झारपाते जाँदा केही फरक पर्दैन् ।”
राजनीतिक र संगठन रुपमा समेत कमजोर रहेको रामचन्द्र झाले केही व्यक्तिलाई पार्टी प्रवेश गराएर वाहवाही मात्र लुटन खोजेको आरोप लगाए । जिल्ला अध्यक्ष यादवले रामचन्द्र झालाई अब जुनियरसँग बस्ने अवस्था रहेको प्रष्ट भएको सुनाए ।
“जग्गाको दलाली गर्ने व्यक्ति हुन रामचन्द्र झा । उनको अब हैसियत रहेनन् । उनको साथै राजनीति गर्ने व्यक्तिलाई पछाडी पारेर, सधैँ दबाएर राख्ने प्रवृतिले आज एक्लै भएको छ । केही व्यक्तिहरुलाई प्रलोभनमा पारेर चुनावको बेला आर्थिक बटुलेर उनको जिन्दगी बर्बाद पारेको घटनाहरु सबैलाई थाहा छ । कमलाका जनता अब भ्रममा पर्ने छैन् होला ।”– उनले भने ।
अध्यक्ष यादवले जसपा नेपाल कमला नगरपालिकामा हस्पिटल, स्कूल, योग भवन, विभिन्न वडामा समुदायिक भवन बनाएको पार्टी हो । रामचन्द्र झाले बनाएको एउटा संरचना देखाओस न त । रामचन्द्र झाले कमला नगरपालिकामा केही पनि नगरेको दाबी उनले गरे ।
रामचन्द्र झालाई अहिले पनि खुल्ला लडन सक्ने हैसियत नभएको बताउँदै जसपाको देन रहेको आरक्षण र समावेशीतामा अझै उनलाई आरक्षण कोटामा लडनुपर्ने अवस्था रहेकोले उनको हैसियत जुनियरसँग बस्ने नरहेको बताए ।