विपिन यादव
जनकपुरधाम । शहीद रामनारायण मण्डल (मुरबल) को २८ औं स्मृति दिवस मनाइएको छ । धनुषाको शहीदनगर नगरपालिका ६ हरबारामा नेकपा एमालेले उनको स्मृति दिवस मनाएको हो ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया र केन्द्रीय सदस्य संजीब झा, केन्द्रीय सदस्य सबिता यादव, प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, जिल्ला अध्यक्ष राजकिशोर यादव, क्षेत्रीय अध्यक्ष जयप्रकाश सुनरैतलगातका नेताहरु हरबारा पुगेर शहिद मुरबललाई श्रद्धाञ्जली दिए । उनीहरुले शहिद मुडबलको योगदानको जति प्रसंशा गरेपनि कम हुने उल्लेख गरे ।
मण्डल जनप्रिय कम्युनिष्ट नेता थिए । उनी गाविस अध्यक्षमा समेत निर्वाचित भएका थिए । तर २०५३ असोजमा विपक्षी दलका कार्यकर्ताले उनको हत्या गर्यो ।
मण्डलको मात्र होइन्, उनका जेठो छोरालाई समेत पोखरीमा फालेर हत्या गरियो । परिवारलाई नै सखाप पार्न खोज्दा मण्डलका श्रीमती फूलो कुमारी देवी र छोरा अपराजय विस्थापित भएका थिए ।
फूलो देवी र उनका अपराजयलाई एमाले अध्यक्ष केपी शर्मा ओली पाल्पामा लुकाएर संरक्षण दिएका थिए । उनै ओलीले गत वर्ष अचानक उनको घर पुगेका थिए । त्यहाँ पुगेर फूलो देवीलाई सांसद बनाउने वचन दिएका थिए ।
ओलीले फूलो देवीलाई सांसद बनाएर वचन पुरा गरिसकेका छन् । फूलोदेवी अहिले एमालेका मधेश प्रदेशकी समानुपातिक सांसद छिन् ।
शहीद रामनारायणको स्मृति दिवसमा एमालेका उपमहासचिव ज्ञवालीले भने, ‘रामनायायण कमरेडलाई हामीले प्रेमले मुरबल भन्दै थियौं । बिहिवार उहाँको २८ औं स्मृति दिवस मनाउदैछौं ।
शहिद मुरबलको योगदानको प्रशंसा गर्दै भने, ‘उहाँ जनतामा स्थापित जननेता हुनुहुन्थ्यो । उहाँ नेपाल लोकतान्त्रिक आन्दोलनको योद्धा हुनुहुन्थ्यो । लामो समय उहाँ जेल पर्नु भयो जेलमा अध्यक्ष केपि ओलीसंङ्ग गहिरो दोस्ती भयो । जेलबाट छुटेपछि उहाँ पार्टी निर्माणको लागि लाग्नु भयो । यो ठाउँलाई उहाँ बलियो लाल किला बनाउनु भयो । २०४९ सालको निर्वाचनमा ४७/४७ सिट जिताएर नेकपा एमालेलाई कसैले पराजित गर्न नसकिने शक्तिको रुपमा स्थापित गर्नु भयो । जनताको आँखाको नानी बनेर उहाँले यहा विकास निर्माण, यहाँको जनताको सुखदुःख उहाँ जनताको पिडा कम गर्न दिनरात खटनु भयो ।’ जनविरोधी र प्रतिक्रियावादीहरुले कमरेड मुरबलको हत्या गरेको आरोप लगाए ।