2024-11-23

Close

जनकपुरधाम । धनुषा जिल्लामा चालु आर्थिक वर्षको २ महिनामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन महिनामा १ जना र भदौ महिनामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहरी धनुषाको तथ्यांकमा उल्लेख छ ।

धनुषा ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा धनुषा जिल्लाभरीमा सवारी दुर्घटनामा परेर ७४ जनाको मृत्यु भएको थियो । जसमा सबैभन्दा बढी मिथिला नगरपालिकामा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि जनकपुरधाम उपमहानगरपालिकामा ११ जना, धनुषाधाम नगरपालिकामा ११ जना, लक्ष्मिनिया गाउँपालिकामा ६ जना, सबैला नगरपालिकामा ५ जना, विदेह नगरपालिकामा ५ जना, क्षिरेश्वरनाथ नगरपालिकामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो ।
धनुषा जिल्लाभरीमा यसअघि आर्थिक वर्ष २०७९/०८० मा ८४ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ५ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख इन्स्पेक्टर हरिबहादुर ओलीले जानकारी दिए ।
यस हिसाबले धनुषा जिल्लामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दिनदिनै घटिरहेको ओलीले बताए । पछिल्लो समय हामीले जनचेतनाका कार्यक्रम बढाएका छौँ, इन्स्पेक्टर ओलीले भने : जनचेतनाका कार्यक्रमहरु प्रभावकारी साबित भएको छ, यो हाम्रो लागि सुखद संकेत हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर