2024-11-23

Close

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाबाट बिहानै ९ जना थुनुवा फरार रहेकोमा ४ जनालाई पक्राउ गरिएको छ ।

भेन्टिलेशन फोडेर फरार भएका ९ जना थुनुवामध्ये एक जना बिहानै जनकपुरमै पक्राउ परेका छन् भने अन्य तीन जना धनुषाको लखौरीमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार थप तीनजना दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा अभद्र व्यवहार मुद्दाका विक्की कार्की, लागुऔषध मुद्दाका अभास्कर यादव रोशन कुमार मण्डल रहेका छन् । उनीहरुलाई धनौजी गाउँपालिका वडा नं. १ लखौरीबाट पक्राउ गरिएको प्रवक्ता अवाले जनाए ।

जिल्ला प्रहरी कार्यालय धनुषाको भेन्टिलेशन फोडेर अति संवेदनशिल सुरक्षाकाबीच उनीहरु फरार भएपछि धनुषा प्रहरी नेतृत्वमाथि प्रश्न उठेको छ । उनीहरुलाई प्रहरीकै मिलोमत्तोमा भगाउन सम्भव हुने प्रतिक्रिया समाजिक सँजालहरुमा देखिएको छ । यद्यपी, धनुषा प्रहरीले यस्ता भ्रामक तथ्यप्रति ध्यान नदिन आग्रह गरेको छ ।
प्राप्त जानकारी अनुसार, केही प्रहरी अधिकारी समेत कारवाहीमा परेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर