जनकपुरधाम । धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार घटनालाई छानविन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी सुरेन्द्र गुरुङ्को नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ ।
एसएसपी गुरुङ्को नेतृत्वमा गठन गरेको समितिमा एसपी सुवासचन्द्र बोहरा लगायत छन् । कार्यालयका प्रवक्ता समेत रहेका समितिका सदस्य एसपी बोहराले घटनाको छानबिन सुरु गरिरहेको बताए ।
१५ दिन भित्र छानबिन गरी प्रतिवेदन बुझाइने एसपी बोहराले बताए । यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाले पनि डिएसपी रञ्जन अवाको कमाण्डमा पाँच सदस्य छानविन समिति गठन गरेको छ ।
आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयको भेन्टिलेशन काटेर ९ जना थुनुवा फरार भएका थिए । जस मध्ये सातजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।