सिरहा । माँ काली साना किसान कृषि सहकारी संस्था माडरले पाँचौ साधारण सभा मनाएका छन।
श्री माँ काली साना किसान कृषि सहकारी संस्था लिमिटेड सिरहा नगरपालिका – १५ सुकचैनाले आफ्नो पाँचौ बार्षिक साधारण सभा शनिबार रामा होटलमा एक कार्यक्रमको आयोजना गरि मनाईएका छन् ।
श्री माँ काली साना किसान कृषि सहकारी संस्थाका शाखा प्रबन्धक कुलदिप यादबले संस्थाले आफ्नो बार्षिकी आयव्यय प्रस्तुत गरेका छन ।
माडरमा धेरै संस्थाहरु छन तर यो संस्था सम्पुर्ण शेयर धनीको विश्वासिलो पात्र बन्न सफल संस्थाको रुपमा आफनो परिचीत रहेको र नेपाल सरकारको कार्यक्रम अन्तर्गत परेको सिरहा नगरपालिकामा कार्यरत संजय कुमार यादवले बताएका छन ।
० लगानी बात शुरु गरेको यो संस्थाको कारोबार अहिले करिव ४ करोड पुगेको छ आगामी बर्षमा दश करोड सम्म पुगोस् भन्ने काशिन्द्र यादवले कमना गरेको छ ।
संस्थाले छरिएर रहेका स-साना रकमलाई सहकारीको माध्यमबाट बचत गर्ने बानी बसाली त्यस्ता रकमलाई आय आर्जन गर्ने क्षेत्रमा लगानी गरि आफ्ना सदस्यहरुको आर्थिक विकासमा टेबा पुर्याउने मुख्य उद्देश्यका साथ सहकारी संचालनमा रहेको संस्थाका सहायक प्रबन्धक सुरेन्द्र यादवले बताए ।
कार्यक्रममा सल्हेश कला मन्दिरका कलाकारहरुले मिथिला अञ्चलका परम्परा अनुसार झिझिया नृत्य, गित, लगायतको जोरदार प्रस्तुति रहेको थियो ।
यसै संस्थाकी अध्यक्ष सितादेवी यादको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा सिरहा नगरपालिकाका वडा नं. १५ का पूर्ववडा अध्यक्ष धनिकलाल यादव, विशिष्ट अतिथि साना किसान बिष्णुपुरका प्रबन्धक उपेन्द्र यादव, सारस्वरनाथ साना किसान सारस्वर संस्थाका प्रबन्धक रामचन्द्र यादव, सिरहा क्याम्पसका प्राध्यापक अशोक यादव, ईलाका प्रहरी कार्यालय माडरका प्रतिनिधि, सेयर धनि, संचालक सदस्य, साधारण सद्स्य, स्थानीय महिला, लगायत सरोकारबाला निकायहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन रामचन्द्र यादवले गरेका थिए ।