वीरगन्ज,१९असोजःसशस्त्र प्रहरी बल नेपाल पर्साले भारतबाट तस्करी गरि ल्याएको १० लाख रुपैयाँ भन्दा बढिको सामान पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल गुल्म वीरगन्जले भारतबाट स्कूटीमा लोड गरि ल्याएको ठुलो परिमाणमा सामानहरु नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल गुल्म वीरगन्जका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक सुरुज रिजालको कमान्डमा वीरगन्जको ईनार्वा नाका स्थित खटिएको प्रहरी टोलीले औषधि,मोटरपार्टस्,जुत्ता,श्रृंगाार सामग्रीसहित १० लाख १२ हजार ३८७ रुपैयाँ मूल्यको सामान बरामद गरेको हो । भारतको रक्सौलबाट तस्करहरुले ल्याउँदै गरेका ती सामान वीरगन्ज भन्सार क्षेत्रबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र उपरीक्षक राधेश्याम धिमालले जानकारी दिए। तस्करीको सामान ओसार्न प्रयोग गरिएको बीआर ०५ एएम ६५१५ नम्बरको स्कुटरपनि नियन्त्रणमा लिइएको उनले बताए ।पक्राउ परेको सामान र स्कुटर आवश्यक कारबाहीका लागि शुक्रबार नै साँझ वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक धीमालले जानकारी दिए ।