2024-12-21

Close

वीरगन्ज२१असोज

चाडपर्बको बेलामा बाराको मटिआर्वा नाका सहित विभिन्न सीमानाकाबाट माथिल्लो निकायकै निर्देशनमा अबैध चोरी तस्करी हुँदैआएको छ । त्यस्तो समूहले संजाल बनाएर तस्करी चलाइरहेको जानकारी यस अनलाईनलाई  प्राप्त भएको छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा मटिआर्वा, छतवा, पुरनिया,कचोर्वा बरैनिया, आमवा, कवहीगोठ, सिम्रौनगढ,पथालवा घाट , बेल्दारी लगाएतको नाकाहरुबाट व्यापक रुपमा तस्करी फष्टाएको छ।मटिआर्वा नाकाको बाटो हुदै रातिको ९ बजेदेखि बिहानको ४ बजेसम्म भन्सार छली गरेर तस्करीको कपडा अटो र मोटरसाइकलका माध्यमबाट नेपाल भित्र्याउने गरेका छन् ।आहिले मटिआर्वा  नाका बाट कबाड र लत्ताकपडाको तस्करी खुब चम्केको छ / कबाड, लत्ताकपडा , हाडयेवर लगाएतको तस्करी सो नाकाबाट धेरै दिन देखि चलिरहे विभिन्न पत्र पत्रिकामा आएपनि प्रहरीले रोक्न सकेको छैन । रोक्न नसक्नुले सशस्त्र प्रहरी र नेपाल प्रहरी माथि प्रशन्न खडा भएको छ  ।सशस्त्र प्रहरीको संरक्षणमा मटिआर्वा नाकाबाट दिनहुुँ १०० देखि ३०० सयको हराहरीमा ठेलामा कबाड लोड गरि नेपालबाट भारततर्फ भित्र्याउने गरेको छ भन्ने रातिको समयमा १५ वटा भन्दा बढी मोटरसाइकलमा लोड गरि सो नाकाबाट लत्ताकपडा, रजनिगन्धा, किराना सामानहरु लोड गरि भारतबाट नेपाल भित्रिने गरेको छ ।तस्करहरुले कवाडको नाममा विभिन्न महंगा-महंगा सामानहरु नेपालबाट भारततर्फ लैजाने समेत गरेका छन् । उनीहरुले खास गरेर रातिको समयमा मटिआर्वा गाउँ हुँदै भारतीय सीमावर्ती सहर आदापुरसम्म ती समानहरु पुर्याउने गरेका एक स्थानीयले बताए ।मटिआर्वा नाकाबाट हुने कवाड तस्करी वापत जिल्ला सशस्त्र प्रहरी १२ नम्बर गणका प्रमुख संतोष सिंह र प्रहरी चौकी मटिआर्वाको सई अरुण यादव र सशस्त्र प्रहरी मटिआर्वाका डिएसपी बिदुर भट्टराईले लाखौ रुपैयाँ बुझि ठुलो मात्रामा कबाडको तस्करीको लाइन खुलाएका हुन् ।त्यस क्षेत्रमा लागि खटिने   सशस्त्र प्रहरी मटिआर्वाको सेटिङ्गमा राति राति कबाडको नाममा बहुमूल्य बस्तुहरु भारततर्फ निर्यात हुने गरेको ती स्थानीयको दाबी छ ।सशस्त्र प्रहरी बीओपी इन्चार्ज भट्टराई र प्रहरी चौकी मटिआर्वाका सई यादवले  काबाड  र लत्ताकपडा लगाएतको तस्करहरु संग लाखौं रुपैयाको डिआईजी र एसपिको नाऊमा समेत रकम बुझि ठुलो मात्रामा तस्करीको लाईन  खुल्ला गरेको कुरो बहिरिएको छ ।मटिआर्वा  नाकाबाट भन्सार छलेर अवैध मालसान भित्रने / बाहिरिने गरेकाले तस्करहरुको सेटिङमा प्रहरीले आँखा चिम्लिँदा राम्रो आम्दानी हुने गरेको नाम नखोल्ने सर्तमा एक जना सशस्त्र प्रहरी स्रोतले बतायो ।रातदिन सशस्त्र प्रहरी र नेपाल प्रहरीको सिमामा गस्ती रहे पनि तस्करीका सामान बरामद नहुनु, मानिस पक्राउ नपर्नुले मिलेमतो भएको पुष्टि गर्दछ ।समाचार स्रोतका अनुसार बारा जिल्लाका विभिन्न नाकाबाट दिइएको लाइन र तस्करीबाट प्रहरीलाई यतिखेर चाँदी कटाई भएको छ । दुबै प्रहरीको मिलोमतोमा मटिआर्वा नाकाबाट लत्ताकपडा,जुत्ता चप्पल , काजु , पटका, पेस्ट र कबाडको तस्करी शुरु भएको यश अनलाईलाईनलाई समाचार प्राप्त भएको हो।यस्तै बाराको बरैनिया, आमवा, कवहीगोठ, मटिअर्वा, सिम्रौनगढ, कचोर्वा सिमानाकाबाट पनि तस्करी सुचारु भएको छ । स्थानीय सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिट प्रमुखदेखि जिल्लालाई  समेत मिलाएर तस्कर समूहहरुले ब्यापक तस्करी चलाएको स्रोत बताउँछ । दुई प्रहरीबीच तस्करीको लाइन दिएर कमाउने होड चलेको छ । चोरी–पैठारी नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने र सीमा क्षेत्रमा हुने अन्य अपराधिक क्रियाकलाप निस्तेज पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी ती प्रहरी उद्देश्य विपरीत कमाउने अभियानमा लाग्ने गरेको पाइएको छ । नेपाल प्रहरीका घुमुवाको संज्ञा पाएका ती प्रहरी तस्कर र हाकिमका समन्वयकर्तामात्र भएको व्यापारीहरू नै बताउने गर्छन्। यस्ता गतिविधि तर्फ मधेश प्रदेशका डिआईजी र आईजीपीको सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर