अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले प्रदेश र केन्द्रका मन्त्री, साँसदहरुले स्थानीय सरकारसँग विभेद गर्दै आएको बताएका छन् ।
देशमा तीन तहको सरकार नाम मात्रको भएको बताउँदै उनले जनकनन्दिनी गाउँपालिकामा आउने केन्द्र स्तरका मन्त्री साँसद र प्रदेशस्तरका मन्त्री साँसदहरुले कहिल्यै समन्वय नगरेको आक्रोस पोखेका छन् ।
उनले जनकनन्दिनी गाउँपालिका यही केन्द्र सरकार र प्रदेश सरकारको अन्तर्गत परेको भएपनि यहाँ राजनीतिक पार्टीको हिसाबले मन्त्री साँसदहरु व्यवहार गर्दै आएको आरोप लगाएका छन् ।
आफूलाई निर्वाचित भएको ३० महिनामा आधा दर्जन केन्द्रका साँसद मन्त्रीहरु जनकनन्दिनी गाउँपालिका आएको बताउँदै गाउँपालिका विकासको लागि स्थानीय सरकारसँग कुनै समन्वय नगरेको भन्दै आक्रोस पोखेका छन् ।
उनले आफ्नो फेसबुकमा लामो् स्टेटस लेख्दै जनकनन्दिनी गाउँपालिकाको प्रमुखमा आफू निर्वाचित भएपछि नेपाली काँग्रेसका धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य रामकृष्ण यादव, प्रदेश सरकारका मन्त्री सरोज यादव, मुख्यमन्त्री सतिश प्रसाद सिँह, तत्कालिन शिक्षामन्त्री महेश यादव, नेपाली काँग्रेसकी समानुपातिक साँसद मुक्ता देवी यादव आउँदा स्थानीय सरकारसँग कहिल्यै समन्वय नगरेको गुनासो पोखे ।