अप्पन जनकपुर
सर्लाही । सर्लाहीको बलरा नगरपालिका १० सुदामामा दुई दिने महाविरी झण्डा मेला सुरु भएको छ ।
महाविरी झण्डा मेला समिति सुदामा ब्यारेजले आयोजना गरेको मेलाको जनमत पार्टीका केन्द्रीय सदस्य एवम् सर्लाही जिल्ला इन्चार्ज नेता श्रीचन यादव सुजनले उद्घाटन गरेका छन् ।
मेला आयोजक समितिका अध्यक्ष प्रभावकर सिंहको अध्यक्षतामा भएको मेलाको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी भई पुग्नु भएका नेता यादवले रिवन काटेर मेलाको समुदघाटन गरेका हुन् ।
हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन लाग्ने मेलामा नेपालसहित भारतका समेत गरी हजारौं भक्तजनको सहभागिता रहेको छ । आयोजकले दिएको जानकारी अनुसार मेलामा कुस्ती प्रतियोगिताको समेत आयोजना गरिएको छ । प्रतियोगितामा नेपालसहित छिमेकी देश भारत र चिनका समेत गरी दुई सयबढी खेलाडी सहभागि छन् । प्रतियोगितामा महिला खेलाडीको समेत सहभागिता रहेको छ ।
मेलाको उद्घाटन गर्दै प्रमुख अतिथी जनमत पार्टीका सर्लाही ईन्चार्ज यादवले परम्परागत मेला तथा पर्वहरु हाम्रो साँस्कृतिक सम्पदा भएकोले यसको संरक्षण गर्नु पर्ने बताए । उनले मेला तथा साँस्कृतिक पर्वहरुलाई समृद्ध समाज निर्माणको आधारको रुपमा विकास गर्नु पर्ने बताए ।
उनले मेलाका अवसरमा आयोजित कुस्ती प्रतियोगिताका सहभागि खेलाडीहरुलाई समेत शुभकामना दिए ।