2025-04-19

Close

रास्वपाले प्रदर्शन जारी राख्ने                                                 पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई भोलि भोलि जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अपचलन गरेको आरोपमा प्रहरी हिरासत पुगेका बहालवाला सांसद समेत रहेका लामिछानेको अनुसन्धान प्रक्रिया अब कसरी अघि बढ्छ ? उनको सांसद पद के हुन्छ ? उनीसँगै पक्राउ पुर्जी जारी भएकाहरुलाई के गरिन्छ ? आम नागरिकको चासोको विषय बनेको छ ।

शुक्रबार साँझ आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगीका साथै संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार अदालतमा पेश गरिने छ भने तीन वटै कसुरमा छानविनका लागि म्याद थपको माग गरिने छ ।

संगठित अपराधमा पनि अनुसन्धान हुने भएकाले ६० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्था छ । तर यो अवधिभित्र अभियोजनको प्रक्रिया भने अगाडि बढाउनु पर्ने हुन्छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दाबीसहित जिल्ला अदालतमा पेश गर्नेछ । त्यसपछि थुनछेकको बहस र बयान गरिनेछ । दुवै पक्षबाट हुने बहसपछि थुनामा पठाउने कि धरौटीमा रिहा हुने भन्ने निर्णय अदालतले गर्नेछ र मुद्दाको किनारा लाग्ने गरी अगाडि बढ्ने हुन्छ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पोखरा प्रहरीकै हिरासतमा रहेका रविका व्यावसायिक साझेदार छविलाल जोशीलाई पनि अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले थप २० दिन हिरासतमै राख्न अनुमति दिएको छ। यता लामिछाने आफूलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको आरोप लगाइरहेका छन् । तर उनी गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेकै समयमा सहकारीबाट आएको अधिकांश रकम खर्च गरिएको छ । शुक्रवार रविसहित अन्य १४ जनालाई समेत पक्राउ पुर्जी जारी गरिएको छ । तर उनीहरुको पक्राउको विषयमा प्रहरीले के गर्दैछ अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

प्रतिनिधि सभामा सदस्य समेत रहेका लामिछानेको पक्राउबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकिएको छ । सहकारी ठगीमा आरोपित लामिछाने प्रहरी हिरासतमा रहे पनि निलम्बनमा पर्ने छैनन् । तर अदालतमा मुद्दा दर्ता भएपछि उनलार्ई थुनामै राखेर मुद्दा अगाडि बढाउने आदेश भएमा भने निलम्बनमा पर्ने अवस्था आउन सक्छ । कसुर प्रमाणित भएमा उनको सांसद पद खोसिनेछ ।

यसअघि लामिछानेले दोहोरो नागरिकताको विवादका कारण सांसद पद गुमाएका थिए । पछि चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उनी पुनः निर्वाचित भए । हाल उनीमाथि पोखरा बाहेक चितवन र बुटवललगायतका सहकारीबाट गोर्खा मिडियामा आएको रकम हिनामिना गरेको विषयमा समेत अनुसन्धान हुने स्थिति छ । रविको पक्राउविरुद्ध विरोध प्रदर्शन गरेको रास्वपाले भोलि (आइतबार) पनि यसलाई जारी राख्ने भएको छ । रास्वपाले शनिबार पोखरा चिप्लेढुंगा र काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो ।

आइतबार पनि जिल्ला प्रशासन कार्यालय कास्की अगाडि दिउँसो साढे १२ बजे प्रदर्शन गर्ने रास्वपाले जनाएको छ । रवि पक्राउ परेसँगै रास्वपा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सहमहामन्त्री रमेश प्रसाईंलगायतका थुप्रै नेता पोखरामा छन् । काठमाडौं र पोखराबाट अन्य केहि जिल्लामा पनि रवि लामिछानेको पक्राउको विरोधमा शनिबार प्रदर्शन भएका छन् । यो क्रम विस्तारै अन्य जिल्लामा पनि विस्तार हुँदै गएको छ । रास्वपाले आफूहरु कानुनी अनुसन्धानलाई सघाउन तयार रहेको तर कुनै व्यक्ति वा संस्थाउपहर रिस साँध्न नपाइने बताउँदै आएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर