2024-11-21

Close

जनकपुरधाम । पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनकपुर चुरोट कारखाना लिमिटेडलाई निजीकरण गरेर मधेश प्रदेश सरकारलाई विस्थापित गर्न खोजिरहेको बताएका छन् ।

जनकपुरधाममा आइतबार संचारकर्मीहरुसंग कुराकानी गर्दै नेता निधिले वर्तमान मधेश प्रदेश सरकारको मधेस– प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका गरिए आफू त्यसको विरुद्धमा आन्दोलन गर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता निधिले भने, “म गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्ने गरी प्रक्रिया अगाडि बढाएको थिएँ र सो क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाको मातहत जनकपुर चुरोट कारखना लिमिटेडलाई ल्याइएको हो ।” संघीय सरकारले पुनः जनकपुर चुरोट कारखानालाई संचालन गर्ने नाममा निजीकरण गरिरहेको कुरा आफूले केही दिनदेखि सुन्दै आएको जनाउँदै उनले भने, “यो आपत्तिजनक कार्य मात्र होइन यो संघीयता विरोधी कदम पनि हो ।” आफूले यसबारे उद्योगमन्त्रीसमेत छलफल गरेको सुनाउँदै नेता निधिले भने, “उद्योगमन्त्रीले आफूलाई कारखाना निजीकरण होइन लाइसेन्स नवीकरण गर्नमात्र लागिएको छ ।” जचुकालिलाई आफू गृहमन्त्री भएको बेला निर्णय गराएर मधेश प्रदेश सरकारको प्रशासनिक कामकाज संचालन भइरहेको बताउँदै नेता निधिले यदि सरकारले यस्तो निर्णय गरेमा विरोध गर्ने चेतावनी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर