अप्पन जनकपुर
जनकपुरधाम । ग्रेटर मधेस मिडियाले आयोजना गरेको तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । सोमबार धनुष टिभीमा संचालन भएको आधारभुत पत्रकारिता तालिम तीन दिनसम्म संचालन भएर आज सकिएको हो । ग्रेटर मधेस मिडिया प्रालिको आर्थिक सहयोगमा धनुष टिभिले तालिमको आयोजना गरेको थियो ।
तालिममा नंया भर्ना भएका ८ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको ग्रेटर मधेस मिडियाका अध्यक्ष मुकेश कुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमका सहभागीहरुलाई आधारभूत पत्रकारिताका बारेमा सिकाइएको थियो ।
नयाँ पत्रकार उत्पादन गर्ने उदेश्यले तालिम आयोजना गरेको धनुष टिभीले आउँदा दिनमा स्थानीय तह, प्रदेश सरकारसंग सहकार्य गरेर पुनर्ताजकी तालिम संचालन गर्ने जनाएको छ । तालिमका सबै सहभागिहरुलाई प्रमाण–पत्रको व्यवस्था गरिएको थियो । त्यस्तै ठाकुरले तामिम संचालन गर्दा लागेको खर्च ग्रेटर मधेस मिडियाले व्यवस्थापन गरेको बताए ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश सभाका सांसद एवं जसपा प्रमुख सचेतक रामअशिष यादवले ग्रेटर मधेस मिडियाले गरेको लगानीको भरपुर उपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । तालिममा सिकेका कुरा व्यवहार लागु गरी पत्रकारिता क्षेत्रमा स्थापित हुन उहाँले प्रशिक्षार्थीलाई शुभकामना समेत दिनुभयो ।
तीन दिने आधारभुत पत्रकारिता तालिममा प्रेमचन्द्र झा, शैलेन्द्र क्रान्ति, काशिन्द्र शर्मा, रोहितकुमार महतो, सुरेशकुमार यादव, धर्मानन्द ठाकुर, अमरेश मल्लिक, राजन मिश्र र ओमप्रकाश साह प्रशिक्षकको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियोे । कार्यक्रमम हंसपुरका पुर्वमेयर रामज्ञान मण्डल, पत्रकार सुरेशकुमार यादव, प्रेमचन्द्र झा सहितले शुभकामना मन्तव्य राख्नु भएका थिए ।