जनकपुरधाम । प्रहरी कार्यालय गिद्वा-बेलापट्टिमा ६ महिनाको कार्यकाल सम्पन्न गरी प्रहरी वरिष्ठ सई कुवेर खतिवडालाई विदाई गरिएको छ ।
करिब ६ महिना प्रहरी कार्यालय गिद्वा-बेलापट्टिमा इन्चार्ज रहँदा वरिष्ठ सई खतिवडाले सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा कडा भूमिका निर्वाह गरे । वरिष्ठ सई खतिवडाले आफ्नो सफल कार्यकाल सफलता पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गरि आज जिल्ला प्रहरी कार्यालय धनुषा जानुभएको छ ।
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको लागि थप प्रहरी खटाएर अवैद्य तस्करी नियन्त्रण गरेका वरिष्ठ सई खतिवडाले आफ्नो कार्यकालमा विवादरहित बनाए । वरिष्ठ सई खतिवडा आफ्नो कार्यकालमा कुनै प्रकारको विवादमा मुछिएनन् । आफ्नो कार्यकाल सफलतापूर्वक विताएको र शान्ति सुरक्षा कायम राख्न ठूलो योगदान गरेको भन्दै प्रहरी वरिष्ठ सई कुवेर खतिवडालाई स्थानीयले सम्मानका साथ विदाई गरेका छन् ।