2024-11-02

Close

बाराको बलिरामपुर, मटिआर्व गोलागंज र आमवा नाका तस्करीले गन्हायो; माथिल्लो निकाय मौन( भिडियो सहित) ; बाराका दुबै एसपी बेखबर

वीरगन्ज १७ शनिबार

बाराको बलिरामपुर, मटिआर्वा गोलागंज र आमवा नाकाबाट करोडौँ मूल्यका कपडा तथा बिष्फोटक सामाग्री तस्करी भई नेपाल आएको स्रोतले जनाएको छ । जिल्लाको आमवा नाका, मटिआर्वा,छातवा, बलिरामपुर , गोलागंज नाका हुँदै एक हप्ताभित्र करोडौँ मूल्यका कपडा तथा बिष्फोटक सामाग्री नेपाल भित्रिएको स्रोतले जनाएको छ ।सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा करिब ५ करोड भन्दा बढी मूल्य बराबरका कपडा तथा बिष्फोटक सामाग्री (पटका) नेपाल भित्रिएको हो ।शान्ति सुरक्षाका साथै सीमा निगरानीको जिम्मेवारी पाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको साँठगाँठ मिलेपछि तस्कर समूहले कपडाको नाउमा बिष्फोटक सामाग्री (पटका)समेत भित्रयाउने गरेको पाइएको छ। एकजना भारतीय नागरिकका अनुसार रातिको समयमा तस्कर समूहका मुख्य नाइकेहरू प्रहरीकै ग्रिन सिग्नल पाएपछि कपडा र बिष्फोटक सामाग्री अर्थात पटका नेपाल भित्रयाउने गरिएको हो । कपडा तस्करीको लागि मासिक रुपमै लाखौँ रुपैयाँ नजराना बुझेका स्थानीय प्रहरी चौकी तथा सशस्त्र प्रहरी बल मटिआर्वा र बेश क्याम्प बेनौली र बेश बलिरामपुरका कर्मचारीहरूलाई जानकारी नै नगराई पटका भित्रयाउने गरेको उनले बताए ।प्रहरी चौकी बलिरामपुर मुसहर्वाका प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहा, मटिआर्वाका चौकीका प्रमुख अरुण यादव र मटिआर्वा गुल्मका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक बिदुर भट्टराईलाई मासिक रुपमै तस्करहरू संग रकम बुझेपछि तस्करीको लाइन खुलाइदिएका छन् । यी नाका हुँदै नेपाल अवैध रुपले भित्रिएको कपडा र पटका मुलुकको बिभिन्न ठाउहरूमा ट्रान्सपोर्टकै माध्यमले पुग्ने गरेको छ ।  देवापुर चौकी र सशस्त्र प्रहरी बेनौलीको मिलोमतोमा आमवा नाका हुँदै खेना र मीश्रीलाल कपड़ा लगाएतको दर्जनौ तस्कर तस्करी गर्न सकृय रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराका  प्रमुख एवम प्रहरी उपरीक्षक महेन्द्र खडकाले सूचना संकलन तथा आपराधिक गतिविधि, चोरी तस्करी नियन्त्रण गर्नाको लागि सदा पोशाकमा खटाएको क्राईम ब्रान्च र क्युआर टोली एवम  टाईगर टोलीका हवल्दार बिनोद साहले उनको नाऊमा समेत तस्करी गराउन बापत तस्करहरु संग रकम असुल्ने गरेको स्रोतले जनाएको हो।त्यसैगरि सशस्त्र प्रहरी उपरीक्षक संतोष सिंहले तस्करी गराउनको लागि सिमानाकामा रहेका गुल्म र बिओपीहरुको प्रमुखहरु मार्फत रकम बुझने गरेको समाचार स्रोतले जनाएको छ।उनकै छत्रछायामा प्रहरी नायब निरीक्षक अरुण यादव र मटिआर्वा बिओपीका प्रमुख भट्टराईले तस्करीको लाइन खोलेको प्रहरी श्रोतले जनाएको छ ।बाराका दुबै एसपीले सिमानाकामा २४ घण्टा गस्ति गरि तस्करी नियन्त्रणमा गरेको दाबी गरेका छन

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर