जनकपुरधाम । धनुषाको विदेह नगरपालिका २ दुहबीका अत्यन्तै दयनीय अबस्थामा रहनुभएको एक आमा-छोरा जसको न गाँस न त कपास सोही अवस्थाको नाजुक भोगाइलाई नियाल्दै खाद्यान्न सामग्री वितरण गरेको छ । समाजसेवी सिताराम शिवाकोटीले आफ्नो पहलमा आइतबार धनुषाको दुहबी चोकस्थित दैनिक छाक टार्न समस्या परेका गरीब दयनीय आमाछोरा अत्यावश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् ।
अमेरिका बसेकि आफ्नी दिदीको सहयोगमा सिताराम शिवाकोटीले चामल ३ बोरा, दाल १० kg, चिनी ५ kg, आटा ५ kg, आलु २० kg, प्याज ७ kg, नुन ५ kg, तेल ५ लिटर, खुर्सानी १ kg मरमसला सबै मिलाएर नगद ७०० को। धोती सारी २ थान । पटिकोट दुई थान, नुहाउने/ कपडा धुने साबन २ दर्जन । बेसार १ kg. सोयाबिन २ kg लगायतका खाद्य सामग्री उपलब्ध गराएका हुन् ।
कतै वैदेशिक रोजगारमा अलपत्र परेका नेपालीको उद्दार पनामा होस यात दिनदुखी अनाथ असायको निमित्त उनको योगदान सामाजिक संजालमा धेरै देख्न पाइन्छ निस्वार्थ भावनाका धनी उनि यसरि सेवा गर्दा आनन्द महसुस गर्छन् ।
आमा छोराको खुसीको उमंग देखेर निकै गर्ब लागेको महसुस गरेका छ्न उक्त खाद्यान्न सामाग्री सोही विदेह नगरपालिका वार्ड नं.२ का वडाअध्यक्ष रामपुकार सहनी, स्थानियबासी, समाजसेवीको हातबाट हस्तान्तरण गरेको उनले बताए ।