जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले छठ पर्वको विशेष उपलक्ष्यमा छठ ब्रतालुहरुलाई साडी र ईलेक्ट्रीक चुल्हो वितरण गरेका छन् ।
छठ पर्वको अवसरमा मेयर दासले आफ्नो नगरपालिकाका विभिन्न वडाहरुमा ब्रतालुहरुलाई साडी र ईलेक्ट्रीक चुल्हो वितरण गरेका हुन् ।
हरेक वर्ष झै यस वर्ष पनि गरिब असहाय छठ व्रतालुहरु लाई साड़ी र ईलेक्ट्रीक चुल्होे वितरण गरिएको मेयर दासले बताउनुभएको छ ।
मेयर दासले छठ पर्वले देशमा शान्ति एवम समृद्धिको बाटोमा अग्रसर होस भन्ने कामना गरेका थिए । छठ पर्व गर्नाले दुख दरिद्रता नास हुने विश्वास रहिआएको सुनिदै आएकोमा यस वर्षको छठ पर्वले माता छठिले देश र समाजको उन्नतिको लागी प्राथना समेत गरेको बताउनु भयो ।
हिन्दु धर्म संस्कृतिमा छठ पर्वका बेला ब्रतालुले सम्भव भए नयाँ चोखो पहिरण लगाएर ब्रत गर्नुपर्ने हो सोही अभिलाशालाई पुर्ण गर्न हरेक वर्ष झै यस वर्ष पनि विदेह नगरपालिकाको सहयोगमा आवश्यक्ता हेरेर दिन दुःखीलाई छठ पुजाका लागी साडी तथा ईलेक्ट्रीक चुल्हो वितरण गरेको मेयर दासले जानकारी दिए ।
मेयर दासले आवस्यकता अनुसार बितरण भएको भन्दै ब्रतालुहरुलाई सुधता र आस्थाका साथ मनाईने यस पर्वको विशेष महत्व रहेकोले गरिब र असहाय व्रतालुहरुलाई ठुलो राहत हुने र खुशी साथ पर्व मनाउन सक्ने विश्वास भएको बताए ।
विदेह नगरपालिकाको वार्ड नं.१ देखि ९ सम्मका १४ सय जनालाई साड़ी र ईलेक्ट्रीक चुल्हो वितरण गरिएको मेयर दासले बताए ।