जनकपुरधाम । स्थानीय तह उपनिर्वाचन नेकपा माओवादी केन्द्रले जितेको छ ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित भएका छन् । उनी ६८४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।
बिजयी भएका माओवादीले ६८४ नेपाली कांग्रेसबाट अशोक कुमार मण्डलले ६०२, जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९ एमालेबाट प्रमोद यादवले ३६४, राप्रपाले २७ रास्वपाले १० र यस्तै जनमतले २५ पाएका छन् ।
धनुषाधाम नगरपालिका १ मा नेकपा माओवादी केन्द्रलाई एकीकृत समाजवादीले सहयोग गरेको थियो ।
यहाँ २२५८ मत खसेको थियो । यो वडा यसअघि नेपाली कांग्रेसका विश्वनाथ यादवले जितेको थियो ।