2025-01-11

Close

वीरगञ्ज । मानव सेवा आश्रममा रहेका आश्रितहरूको लागि आवश्यक पर्ने मनोसामाजिक रोगको औषधि तथा फलफूल हस्तान्तरण गरिएको छ ।

आश्रममा रहेकाहरूलाई आवश्यक पर्ने औषधीहरू जिल्ला प्रहरी कार्यालय लगायतका प्रहरी एकाइहरूले सहयोग स्वरूप उपलब्ध गराएको आश्रमका संयोजक देवेश गुप्ताले जानकारी दिए ।

औषधी हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले मानव सेवा आश्रमलाई जिल्ला प्रहरी कार्यालय र व्यक्तिगत तर्फबाट सधैँ साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै डिएसपी लम्सालले कार्यक्रमको योजना बनाउने वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरोज चौलागाईप्रति उनले विशेष आभार प्रकट गरे ।

कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) श्याम कुमार बस्नेत, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोक राज भट्ट, आश्रमका अभिभावक प्रकाश थारु, तथा समाजसेवीहरू ओम कुमार झा, साजन शाह कानु, पीयूष गुप्ता, पवन गुप्ता, प्रद्युम्न सर्राफ, सन्दीप यादवलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर