2025-01-17

Close

कलैया ४ माघ
बाराको महागढीमा नगरपालिका अन्तरगतका विद्यालयहरुमा शैक्षिक स्तर खस्कदै गएको छ । शिक्षाको समग्र अधिकार लिएको निकायका प्रमुख नै यतिखेर राजनीतिक र व्यक्तिगत स्वार्थमा लागेपछि पालिका अन्तरगतको शिक्षाको गुणस्तर विग्रदैगएको हो ।महागढीमाई नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयहरुमा नगरप्रमुख उपेन्द्र यादवले आफ्‌नो व्यक्तिगत स्वार्थका लागि ज्येष्ठ शिक्षकहरुलाई पाखा लगाएर तल्लो तहका कनिष्ठ शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिने गरेको पाइएको छ । एकाध विद्यालय होइन कि दर्जन भन्दा बढी विद्यालयमा त्यस्तै गरेका हुन् ।गढीमाई महेन्द्र प्राविधिक नमुना माविमा ज्येष्ठ शिक्षक कृष्ण विश्वकर्मालाई अन्यत्र सरुवा गरी उक्त विद्यालयमा मेयर यादवले आफ्‌ना काका का छोरा (भाइ) प्रावि शिक्षक धर्मेन्द्र प्रसाद यादवलाई प्रअको जिम्मेवारी दिएका छन् । धर्मेन्द्र दुई बर्ष अघि शिक्षक सेवा आयोगबाट नाम निकालेका हुन् । यो नमुना विद्यालयमा ज्येष्ठ मावि शिक्षक सुनिल साह, सुभाष रेग्मी, हेम राई, जियालाल कुशवाहा, उर्मिला यादव हुँदाहुँदै उनीहरुलाई पाखा लगाउदै भाई धर्मेन्द्रलाई प्रअको जिम्मेवारी दिएका हुन् ।यसैगरी नेरामावि कवही मधुरीमा निमावि राहत शिक्षक विनोद यादवलाई प्रअ बनाएका छन् । त्यहाँ मावि स्थायी शिक्षक हुँदाहुदै यादवलाई प्रअको जिम्मेवारी दिइएको हो । यी सबै उदाहरण मात्र हो । यसरी धेरै विद्यालयमा गरिएको छ ।यसो गर्नमा सहज हुने मनसायले आफ्‌नै पालिकाका अति नजिकका हितैसी प्रावि शिक्षक परमहंस यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनलाई अटेर गरी नगरपालिकाका शिक्षा फाँटका प्रमुखको एक महिनायता जिम्मेवारी दिएका छन् ।नगरपालिकाबाट विद्यालयलाई जाने अनुदान, छात्रवृत्ति, किताब, खाजाका बजेटमा विद्यालयले बढी संख्यामा विद्यार्थीको अभिलेख दिएर भ्रष्टाचार गर्ने गरेकोमा त्यसमा आफ्‌नो हिस्सेदारी बढाउन उनले विद्यालयमा आफ्‌ना नजिकका र नातेदार कनिष्ठ शिक्षकलाई प्रअ र फाँटमा हितैसीलाई जिम्मेवारी दिने गरेको विद्यालयका प्रअहरुले बताएका छन् । मेयरले यसो काखापाखा गरिरहदा शिक्षकहरुमा चरम असन्तुष्टि बढेको पाइन्छ ।साथै नगरपालिकाले तिनै शिक्षक र विद्यालयहरुको मिलेमतोमा आफुखुसी गैरकानूनी रुपमा शिक्षक नियुक्ति पनि गर्ने गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको अनुमति बेगर करारमा शिक्षक नियुक्ति र सरुवा नगर्न पटकपटक निर्देशन गरेपनि मेयर यादवले विभिन्न तहको विद्यालयमा संघीय सरकारको स्वीकृत दरबन्दी, राहत अनुदान र बालविकास सहजकर्तामा नियुक्ती र सरुवा गर्ने गरेका हुन्।जिल्ला शिक्षा समितिको अध्यक्षतामा २०७९ चैत १८ मा प्रमुख जिल्ला अधिकारी र इकाइ प्रमुखसहितले नियुक्ति आफुखुसी नियुक्ति नगर्न निर्णय गरेर सबै स्थानीय तहलाई निर्देशन गरे पनि महागढीमाईका मेयर यादवले त्यसलाई लत्याउने गरेका छन् । संघीय सरकारको शिक्षा नियमावली २०५९ को नियम ९६ (क) र ९७ मा पालिका र विद्यालयले इकाइको समन्वयबिना नियुक्ति र सरुवा नगर्न भनिएको छ ।यसरी पालिका अन्तरगतका प्राय सवै विद्यायलमा मेयर यादवले व्यक्तिगत र राजनीतिक स्वार्थमा काम गर्न थालेपछि शिक्षकहरुका मनोबल गिराउने कार्य गरेको र सर्मग शिक्षा क्षेत्रलाई नै धरासायी बनाईरहेको भन्दै स्थानीय शिक्षा प्रेमीहरुले चिन्ता व्यक्त गरेका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर