अप्पन जनकपुर
सिरहा । अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनका लागि मधेश प्रदेश अन्तर्गत सचिवालय सदस्य (खुला) पदमा सुनिल कुमार माली भण्डारी उम्मेदवारी दिएका छन ।
विश्वविद्यालयका विकृती विरुद्ध, विद्यार्थीहरुको साथी भाई सामाजिक न्यायका लागि, महिलाको समान सहभागिता गराउँन भन्ने नाराका आत्मसात गर्दै उनी उम्मेदवारी दर्ता गराएका छन ।
यहि माघ १२ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा निर्वाचन हुने भएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं.७ धलौली भण्डारी अत्यधिक मत दिएर विजयी गराउन मतदाता संग अपिल गरेका छन ।
युवा नेतृत्व, संघर्षशीलता, र संगठनप्रतिको योगदानलाई मध्यनजर गर्दै यस पटकको निर्वाचनमा मलाई अत्याधिक मतले बिजयी गराउन मत माग गरेको छ ।